२०८२ असोज २३, बिहिवार , १२:४५:५१ बजे

Sajhamanch
'

तीनजना सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

बिहिवार, असोज २३, २०८२

विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

आज बिहानको राति १ बजे मोरङ कटहरी– १ महेशपुर चौधरी चोकस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बिराटनगर –६ बस्ने ३५वर्षीय हरिओम राजवंशीको मृत्यु भएको हो । पेट ,छाति,दाहिने हातमा चोट लागेर उपचारको लागि कोशी अस्पताल बिराटनगरमा ल्याउँदा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

त्यस्तै मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने बर्ष ३४ का सन्दिप राजवंशी र बर्ष ३३ का बसन्त राजवंशी घाइते भएका छन् । उनीहरुलाई सामन्य उपचारपश्चात् थप उपचारको लागि बिराट नर्सिङ होम विराटनगर रेफर गरिएको छ ।

सम्बन्धित खबर