२०८२ असोज २३, बिहिवार , १२:००:३२ बजे

Sajhamanch
'

शेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’

बिहिवार, असोज २३, २०८२

काठमाडौं । शेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको ३ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेक लागेसँगै शेयर कारोबार २० मिनेटका लागि रोकिएको छ । हिजो राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा खारेज गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकको यो निर्णयसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

शेयर बजार १ सय २ अङ्कले बढेर २ हजार ६६२ विन्दुमा पुगेको छ । यसअघि दशैँपछि हिजो र अस्ति शेयर बजार २ दिनमै १०३ अङ्कले घटेको थियो ।

अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

सम्बन्धित खबर