२०८२ असोज २३, बिहिवार , १०:०६:०८ बजे

Sajhamanch
'

सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज

बिहिवार, असोज २३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै शेयर धितो कर्जाको सीमा हटाएको हो । यसअघि शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ थियो ।

त्यसैगरी, सङ्गठित संस्थाको शेयर, डिवेञ्चर तथा अरू लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाइएको छ । केन्द्रिय बैङ्कले यस्तो लगानी छ महिना भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने भनेको छ । नयाँ व्यवस्थाअनुसार बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट सङ्कठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।

धितोपत्र विनिमय बजारमा सूचीकृत भइनसकेको सङ्कठित संस्थाको शेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले तीन वर्षभित्र त्यो सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ ।

त्यस्तो कोषमा रहेको रकम शेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न नपाईने व्यवस्था गरिएको छ । यस्तै, यसअघिको खरीद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था हटाइएको छ ।

सम्बन्धित खबर