२०८२ असोज २२, बुधवार , ०४:४८:४२ बजे

Sajhamanch
'

डेङ्गी सङ्क्रमितको सङ्ख्या साढे ५ हजार नाघ्यो

बुधवार, असोज २२, २०८२

काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५४२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १९० नयाँ सङ्क्रमित थपिएका छन् ।

अहिलेसम्म ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ । पछिल्लो एक हप्तामा सबैभन्दा धेरै सङ्क्रमित बागमती प्रदेशमा ९४ जना भेटिएका छन् । लुम्बिनीमा ३९, गण्डकीमा १५, सुदूरपश्चिममा २१, कोशीमा ९, मधेशमा ४ र कर्णालीमा ८ जना नयाँ सङ्क्रमित फेला परेका महाशाखाले जनाएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ३५६ जना छन् । बागमतीमा १ हजार ३१४, लुम्बिनीमा ९७३, कोशीमा ७८५, सुदूरपश्चिममा ६६७, मधेशमा ११९ र कर्णालीमा ३२८ जना सङ्क्रमित रहेका छन् ।

गएको पुसदेखि हिजो असोज २१ गतेसम्म डेङ्गीका कारण ३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि मन्त्रालयले लामखुट्टे नियन्त्रण र स्वच्छता अभियानलाई तीव्र पार्न आग्रह गर्दै सतर्क रहन आग्रह गरेको छ ।

डोल्पा र मनाङमा भने डेङ्गी सङ्क्रमण देखिएको छैन ।

सम्बन्धित खबर