
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयतामा पाँचौं स्थानमा झरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र १ स्थान तल झर्दै पाँचौं स्थानमा आइपुगेका हुन् । यसअघि दीपेन्द्र दोस्रो स्थानसम्म पुगेका थिए ।
यस्तै कुशल भुर्तेल २५औं, रोहित पौडेल ४४औं, गुल्सन झा ५९औं, कुशल मल्ल ६७औं र करण केसी ८६औं स्थानमा छन् ।
यो वरीयतामा पाकिस्तानका सइम अयुब शीर्ष, जिम्बावेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा छन् ।
टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ६४औं, रोहित पौडेल ७१औं, आसिफ शेख ७३औं र कुशल भुर्तेल ८३औं स्थानमा छन् ।
यो वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष, इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र भारतकै तिलक वर्मा तेस्रो स्थानमा छन् ।
टी–२० बलिङ वरीयतामा ललित राजवंशी ४८औं, दीपेन्द्रसिंह ऐरी ७८औं र सन्दीप लामिछाने ८७औं स्थानमा छन् ।
यो वरीयतामा भारतका वरुण चक्रवर्ती शीर्ष, अफगानिस्तानका राशिद खान दोस्रो र वेस्ट इन्डिजका एकेल होसेन तेस्रो स्थानमा छन् ।