२०८२ असोज २२, बुधवार , ०३:२१:१२ बजे

Sajhamanch
'

अझै ३२ स्थानमा सडक अवरुद्ध

बुधवार, असोज २२, २०८२

काठमाडौँ । बाढी पहिरोका कारण अझै ३२ स्थानमा सडक अवरुद्ध रहेको छ । बुधबार सडक विभागले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न राजमार्गका ३२ स्थानमा अवरुद्ध रहेको छ ।

विभागकाअनुसार बीपी राजमार्गमा बाढी पहिरोका कारण १८ स्थानमा सडक अवरुद्ध बनेको छ । मेची राजमार्ग १० स्थानमा, भेडेडार रबि राँके सडक पाँचथरमा सडक अवरुद्ध भएको छ ।

यस्तै ताप्लेजुङ्को फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर अवरुद्ध छ । सङ्खुवासभाको अल्फटेमा पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध छ ।

त्यस्तै गत असारमा चीनतर्फबाट आएको बाढीले तातोपानी, टिमुरेमा क्षति गर्दा स्याफ्रुवेंसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध छ ।

अवरुद्ध भएका सडकमा विभागले उपकरणहरू परिचालन गरी खुलाउने प्रयास भइरहेको जनाएको छ ।

सम्बन्धित खबर