२०८२ असोज २२, बुधवार , ०२:४८:४३ बजे

Sajhamanch
'

संयमित रहन सबै पक्षलाई मानव अधिकार आयोगको आग्रह

बुधवार, असोज २२, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । पछिल्ला राजनीतिक घटनाक्रम र जेनजी समूहले गर्न लागेको प्रदर्शनका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै संयमता अपनाउन आयोगले आग्रह गरेको हो ।

आयोगले हिंसात्मक गतिविधि, घृणायुक्त अभिव्यक्ति र नकारात्मक टिप्पणीहरूले सामाजिक सद्भाव र राजनीतिक वातावरणमा नकारात्मक असर पार्ने जनाएको छ ।

गएको भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाबारे आयोगले अनुसन्धान तीव्र बनाएको र सम्बन्धित निकायहरूसँग सत्यरतथ्य विवरण सङ्कलन भइरहेको समेत प्रवक्ता टीकाराम पोख्रेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विधिको शासन र शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षाकर्मीको मनोबल उच्च राख्दै संयमित कदम चाल्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ । राजनीतिक दल र समूहलाई प्रदर्शन मर्यादित र शान्तिपूर्ण राख्न र नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्नसमेत आयोगको अपील छ ।

सम्बन्धित खबर