२०८२ असोज २२, बुधवार , १२:४३:०५ बजे

Sajhamanch
'

दल र आन्दोलनकारीलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाको अपिल

बुधवार, असोज २२, २०८२

काठमाडौं । दल र आन्दोलनकारी समूहलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाले अपिल गरेका छन् ।

आज ३० जना नागरिक अगुवाले अपिलमार्फत् राजनीतिक दल र आन्दोलनकारी जेन–जी समूहसँग संवाद गरी सबैलाई विश्वासमा लिएर चुनावको वातावरण तयार पार्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई आग्रह गरेका हुन् ।

झलक सुवेदी, लोकराज बराल, विद्याधर मल्लिक, कृष्ण खनाल, केदारभक्त माथेमा, तारानाथ दाहाल, संगीता लामा, तुलानारायण शाह, गेजा शर्मा वाग्ले, युग पाठकलगायतले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान सभामार्फत बनेको संविधानको रक्षाका लागि निर्धारित मिति फागुन २१ मा नै चुनाव गर्नु अन्तरिम सरकारको राष्ट्रिय दायित्व भएको उल्लेख गर्नुभएको छ ।

सुरक्षा निकायको मनोबल उच्च बनाइ आवश्यक साधन–स्रोत व्यवस्थापन गरी शान्ति–सुव्यवस्था बहाल गर्न पनि विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।

राजनीतिक दलहरूलाई पनि चुनावमा सहभागी हुन नागरिक अगुवाको अपिल छ । यसअघि हिजो विभिन्न दलका युवा नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेका थिए ।

सम्बन्धित खबर