२०८२ असोज २२, बुधवार , ०९:५९:४९ बजे

Sajhamanch
'

प्रधानमन्त्री कार्कीसँग चुनावको तयारी र आवश्यक सहयोगका विषयमा छलफल

बुधवार, असोज २२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चुनावको तयारी र आवश्यक सहयोगका विषयमा निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो भएको छलफलमा आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव, यसको कार्यतालिका तथा कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले अस्ति सोमवार कार्यतालिका सार्वजनिक गरिसकेको छ । छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र आयोगका तफर्बाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी हुनुहुन्थ्यो ।

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आउँदो फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावका लागि आवश्यक स्रोतसाधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलसँग तिहारअघि नै छलफल गर्ने समेत तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबर