
काठमाडौं । भारतसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ ।
क्रिकेट अस्ट्रेलियाले ३ खेलको एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय र ५ खेलको टी–२० शृङ्खलामध्ये पहिलो २ खेलका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो । अस्ट्रेलियाको दुवै टोलीको कप्तानमा मिचेल मार्श छन् ।
अस्ट्रेलियाको एकदिवसीय टोलीमा तीव्र गतिका बलर मिचेल स्टार्क फर्किएका छन् । ब्याटरहरू म्याथ्यु शर्ट र म्याथ्यु रेनाशा तथा मध्य क्रमका ब्याटर मिचेल ओवेन पनि टोलीमा परेका छन् ।
यस्तै पहिलो २ टी–२० शृङ्खलाका लागि बलर नाथन इलिस र विकेटकिपर ब्याटर टोलीमा फर्किएका छन् । न्युजिल्यान्डसँगको शृङ्खलाअघि लागेको चोटका कारण ग्लेन म्याक्सवेल टोलीमा छैनन् ।
घरेलु टोली अस्ट्रेलिया र भारतबीचको एकदिवसीय शृङ्खला यही अक्टोबर १९ देखि पर्थमा शुरू हुनेछ । यस्तै टी–२० शृङ्खला अक्टोबर २९ देखि क्यानबेरामा शुरू हुनेछ ।