२०८२ असोज २१, मङ्गलवार , ०५:४०:३४ बजे

Sajhamanch
'

हुम्लाको उच्च भेगमा हिमपात

मङ्गलवार, असोज २१, २०८२

सिमकोट । हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ । सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताउनु भयो ।

सोमबार दिउँसोदेखि हल्का वर्षा भएकामा आज बिहान हिमपात भएको लामाले टेलिफोनमार्फत जानकारी दिनुभयो । हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।

त्यसैगरी सिमकोट गाउँपालिकाका उच्च क्षेत्रहरु पञ्चमुखी, रलिङ, सैपाललगायत खार्पुनाथका उच्च हिमालमासमेत हिमपात भएको छ । जिल्लाका उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम सिमकोटसहित होचो क्षेत्रमा वर्षा भइरहेको छ ।

सदरमुकाम सिमकोटमा एक्कासी चिसो बढेको स्थानीय मुक्ति रावतले बताउनु भयो । चिसोले विद्यालयमा विद्यार्थी उपस्थिति घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिनुभयो । एकमात्र विमानस्थलमासमेत वर्षाले उडान अवरुद्ध भएको छ ।

मङ्गलवार, असोज २१, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर