२०८२ असोज २१, मङ्गलवार , ०३:२९:२१ बजे

Sajhamanch
'

बाढी पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था गरिने

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । सरकारले बाढी पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आजको बैठकमा बाढी पहिरो प्रभावितलाई तत्काल राहत रकम उपलब्ध गराउने, घर क्षति भएका पीडितलाई तत्काल अस्थायी बसोबासको प्रबन्ध गर्ने र स्थायी आवासका लागि प्रक्रिया अगाडि बढाउनेलगायत निर्णय गरेको छ । यस्तै अस्थायी आवास निर्माणका लागि अनुदानको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय पनि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार गएको शुक्रवार र शनिवारको वर्षाका कारण इलामसहित विभिन्न जिल्लाका गरी ५२ जनाले ज्यान गुमाएका छन् । यस्तै ५ जना बेपत्ता छन् । त्यस्तै ४७ जना घाइते भएका छन् ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद्सँग जुध्नका लागि आवश्यक पर्ने सम्पूर्ण औजार र सामग्री उपलब्ध गराउन सरकारलाई विज्ञले सुझाव दिएका छन् ।

बैठकमा सहभागी परिषद्का विज्ञ सदस्य गङ्गालाल तुलाधरले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक तालिम र समानुकूल उपकरणले सुसज्जित बनाउन सरकारलाई सुझाव दिएको बताउनुभएको छ ।

मङ्गलवार, असोज २१, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर