२०८२ असोज २१, मङ्गलवार , १०:३५:१५ बजे

Sajhamanch
'

आकाशदीप दान, कात्तिक स्नान, तुलसीको विशेष पूजा शुरू

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । कात्तिक स्नान, आकाशदीप दान एवम् तुलसीको विशेष पूजा आराधना आजदेखि शुरू भएको छ । असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवम् श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । यसैबीच दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन हिजो असोज शुक्ल पूर्णिमाको राति धनधान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो दशैँ सकिएको छ ।

महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो ।

मङ्गलवार, असोज २१, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर