२०८२ असोज २०, सोमवार , ०८:१९:३४ बजे

Sajhamanch
'

बाढी पहिरोका मृतकको संख्या ६० पुग्यो, १५ जना नाबालक

सोमवार, असोज २०, २०८२

काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

१९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १–१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।

सम्बन्धित खबर