२०८२ असोज २०, सोमवार , ०१:३०:२८ बजे

Sajhamanch
'

देशभरका ४९ जनाको मृत्यु, इलाममा मात्रै ३७ जना

आइतवार, असोज १९, २०८२

झापा । शुक्रबारदेखि निरन्तर भइरहेको वर्षातका कारण उत्पन्न डुबान, पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् भने रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

सम्बन्धित खबर