२०८२ असोज २०, सोमवार , ०६:५०:३३ बजे

Sajhamanch
'

पहिरोले पुरिएर इलाममा १८ जनाको मृत्यु

आइतवार, असोज १९, २०८२

सांकेतिक तस्वीर

इलाम । पहिरोमा पुरिएर इलामका विभिन्न स्थानमा १८ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार इलामको सूर्योदय नगरपालिकामा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् ।

माङ्सेबुङमा ३, देउमाईमा ३, फाकफोक थुममा एक र इलाम नगरपालिकामा ६ जनाको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर