
बिर्तामोड । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले आज रातिको लागि सवारी आवागमनमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालद्वारा जारी सूचनामा मेची राजमार्गको इलाम प्रवेशद्वार जोर कलसदेखि राँकेसम्म र मेची करिडोरको केचना–कंचनजंघा सडकमा आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म सबै प्रकारका साना ठूला सवारी साधनको आवागमन बन्द गरेको हो ।
पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार, देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायत अन्य स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सडक बन्द गरिएको हो ।
सम्भावित दुर्घटनाबाट बच्न सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको डिभिजनले जनाएको छ ।
डिभिजनले अत्यावश्यकका सवारीसाधनले यात्रा गर्नुपर्ने भएमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि हार्दिक आग्रह गरेको छ ।