
झापा । अहिले बिहान ९:३० बजेको समयमा जि.झापा बिर्तामोड न.पा- ६ गिरीबन्धु टि-स्टेट अगाडी पूर्व पश्चिम राजमार्गमा बिराटनगरबाट काकडभिट्टा तर्फ जादै गरेको प्र १-०१-००१ ख ४४५९ (सगरमाथा यातायात) यात्रु बाहक बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते भएको र घाइतेको बि एण्ड सि अस्पतालमा उपचार हुदै गरेको प्रहरीले जनाएको छ ।
बस चालक तत्काल फरार रहेको प्रहरीको भनाई ।
मृतक;-
१) जि. सुनसरी इटहरी न.पा-११ बस्ने बर्ष-४६ को दिनेश कुमार भट्टराई (आफन्त साथमा रहेको)
२) जि. मोरङ रंगेली न.पा-२ बस्ने ४२ को राजकुमार चौधरी (बसको कन्टेक्टर )
घाइतेहरु;-
१) जि. सुनसरी इटहरी न.पा-११ बस्ने बर्ष- ३८ को गुलसन राज शर्मा (हात खुट्टामा चोट सामान्य)
२) ऐऐ बस्ने निजकै श्रीमती बर्ष-३६ की अंकिता शर्मा (हात खुट्टामा चोट सामान्य)
३) ऐऐ बस्ने निजकै छोरी बर्ष-६ की मनसुइ शर्मा (टाउको चोट अवस्था मध्यम)
४) ऐऐ बस्ने बर्ष-३७ की बिनु शर्मा (टाउकोमा चोट अवस्था मध्यम)
५) जि. मोरङ बिराटनगर महानगरपालिका वडा नं-२ बस्ने बर्ष-४२ को सोमकुमार भुजेल -सहचालक (हात खुट्टामा चोट सामान्य)
६) जि. पाचथर कुमायक गा.पा-६ बस्ने बर्ष-२८ की गंगा लिम्बु (हात खुट्टा अनुहारमा चोट सामान्य)
७) जि. झापा कमल गा.पा-७ बस्ने सुभाष लावती बर्ष-८ को लोजिहाङ लावती (टाउको चोट अवस्था मध्यम)
८) ऐऐ बस्ने बर्ष-२३ की सुहाना लिम्बु (हात खुट्टामा चोट सामान्य)
९) ऐऐ बस्ने निजकै भतिजो बर्ष-५ को मेङ्सो लिम्बु (हात खुट्टामा चोट सामान्य)
१०) जिल्ला मोरङ बिराटनगर मनपा -१ बस्ने बर्ष १७ कि अनुषा भट्टराई -सामान्य
११)ऐ.ऐ. बस्ने बर्ष -३६ कि मन्जु खतिवडा -(हात खुट्टा अनुहारमा चोट सामान्य)
१२) जिल्ला झापा दमक नपा -१ बस्ने बर्ष -६० कि राधिका खतिवडा (हात खुट्टा अनुहारमा चोट सामान्य)
१३) जिल्ला ताप्लेजुङ फाक्ताललुङ गापा-१ बस्ने राकेश लिम्बु (हात खुट्टा अनुहारमा चोट सामान्य)