
बिर्तामोड । झापाको बिर्तामोड–६ बुट्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा अहिले बिहान साढे ९ बजे एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु घाइते भएका छन्।
पश्चिमतर्फबाट काँकडभिट्टातर्फ आउँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख ४४५९ नम्बरको बस अनियन्त्रित भई सडकबाट पल्टिएको हो।
बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएका ट्राफिक प्रहरीका अनुसार घाइते यात्रुहरुलाई उद्धार गरी तत्काल उपचारका लागि नजिकैका अस्पतालतर्फ पठाइएको छ।
घटनास्थलमै मृतक एक पुरुषको शव रहेको प्रहरीले जनाएको छ। मृतकहरुको पहिचान खुलेको छैन् ।
दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएको अनुमान छ । घाइतेहरुको संख्या भने अझै यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
अर्को बसमा सवार यात्रुले सो घटनामा केहीको संख्यामा हताहती भएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।