२०८२ असोज २६, आइतवार , ०९:५०:१९ बजे

Sajhamanch
'

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमाले सचिवालय बैठकको गम्भिर आपत्ती

आइतवार, असोज १२, २०८२

भक्तपुर । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेण्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवत हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’ ज्ञवालीले भन्नुभयो ।

उपमहासचिव ज्ञवालीका अनुसार जेनजी आन्दोलनका क्रममा निधन भएकाहरुप्रति श्रद्धान्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी आन्दोलनका दोषी र तोडफोड र आगजनीमा संलग्नलाई कार्यबाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ ।

ज्ञवालीका अनुसार भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहादानी रोक्का गरेको समाचारप्रति सचिवालय बैठकको गम्भिर ध्यानआकर्षण भएको बताउनु भएको छ । उहाँले यसअघि नै गृह मन्त्रालयबाट मिडिया ट्रायल गराएर गरिएको यस्तो निर्णयले आयोगको विश्वशनियतामा प्रश्न उठेको बताउनु भएको छ ।

सरकार राजनीतिक दलहरुलाई बाइपास गरेर जान खोजेको बताउनु भएको छ । ‘सरकारले राजनीतिक दलहरुलाई पन्छाउन खोजेको मात्र नभइ निषेध गरेको,दलहरुलाई सम्पर्क, संवाद आदि गर्न नचाहेको देखिएको छ, ज्ञवालीले भन्नुभयो ‘यी सबै घटनाप्रपत हामी गम्भिर र चिन्तित पनि छौं ।’

उपमहासचिव ज्ञवालीले सरकारले भदौ २३ र २४ गतेको आगजनी र तोडफोडको घटनामा संलग्नहरुलाई पक्राउ नगर्न दिएको निर्देशनले नेपाल प्रहरीको अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको कानुन सम्मत् क्षेत्राधिकारप्रति हस्तक्षेप गरेको र दोषीहरुको मनोबल बढाउने काम गरेको बताउनुभयो ।

ज्ञवालीले कतिपय नेताहरुलाई भौतिक आक्रमणको धम्की दिएकोले सरकारको नियत के हो भन्ने कुरा पुष्टि हुँदै गरेको बताउनुभयो । उहाँले बैठकपछि पत्रकारहरुसँग भन्नुभयो ‘कतिपय व्यक्तिहरु पुराना राजनीतिक दलहरुलाई चुनावमा जानै दिन्नौ भन्दैछन् । के यस्तो कुराले चुनावको सुनिश्चिता गर्दछ ? यस प्रकारले गराइएको चुनावले बैद्यता पाउँछ ?’

सम्बन्धित खबर