२०८२ असोज १२, आइतवार , ०६:२१:३५ बजे

Sajhamanch
'

बिर्तामोड नगरपालिकाको एउटा भवन पुनःप्रयोग गर्न नमिल्ने

आइतवार, असोज १२, २०८२

झापा । जेन जी आन्दोलनका क्रममा अराजक समुहले गरेको आगजनीबाट बिर्तामोड नगरपालिकाको एउटा भवन पुन प्रयोग गर्न नमिल्ने भएको छ । प्राविधिक जाँचपछिको प्रारम्भिक रिपोर्ट अनुसार बिचको भवन पुनःप्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो ।

लामो समय आगो लगाइएको सो भवनको छत, विम र पिलर नै फेल भएको प्रारम्भिक रिपोर्ट आएको छ । प्राविधिक जाँच गर्ने मेची ल्यावले लिखित रिपोर्ट बुझाउन बाँकी छ, नगरका एक प्राविधिक भन्छन् – ‘लिखित रिपोर्ट आएको छैन । प्रारम्भिक रिपोर्ट अनुसार उक्त भवनको पश्चिम भाग भत्काएर नै बनाउनुपर्ने जस्तो देखिन्छ । अहिलेको रिपोर्ट रातो स्टिकर टाँस्ने गरिकै हो ।’ छत, विम र पिलर नै असुरक्षित छ भनेपछि काम चलाऊ बनाएर मात्रै हुदैन, सुरक्षित बनाउन भवन नै नयाँ बनाउनुपर्ने हुन सक्छ, उनले भने ।

जेन जी आन्दोलनका क्रममा २३ गते नै बिर्तामोड नगरपालिकालाई मुख्य टार्गेट बनाइएको थियो । विद्यार्थी ड्रेसमा आएका जेन जीहरुले पहिलो दिन नाराबाजी गरेर फर्किएका थिए । उनीहरु फर्किएपछि अर्को टोली गएर तोडफोड र आगजनी गरेको थियो ।

२४ गतेको आन्दोलनका दिन पनि बिर्तामोड नगरपालिकालाई ध्वस्त बनाइएको थियो । बिर्तामोड नगरपालिकाले भौतिक संरचना, सवारी साधानसहित कार्यालयभित्रका सामानहरु जलेर नष्ट भएको छ । आगजनीपछि नगरपालिकाले सेवा समेत सञ्चालन गर्न सकिरहेको छैन ।

सम्बन्धित खबर