२०८२ असोज १२, आइतवार , ०४:२६:२९ बजे

Sajhamanch
'

दशैँ बिदाअघि शेयर बजार बढ्यो, कारोबार रकम भने ३ अर्ब रुपैयाँ पनि पुगेन

आइतवार, असोज १२, २०८२

काठमाडौं । हिजो र अस्ति घटेको शेयर बजार आज बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५१ अङ्कले बढेर २ हाजर ६६३ दशमलव ५१ विन्दुमा पुगेको छ ।

आज होटल, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सय अङ्कभन्दा धेरैले बढेको छ । आज १७० वटा कम्पनीको शेयर बढ्दा ६९ वटाको घटेको छ । यस्तै १२ वटाको घटेको छ ।

आज ग्लोबल आईएमई समुन्नति योजना–२ को शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ३ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीको ७५ लाख ११ हजार कित्ता शेयर २ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ ।

यस वर्षको दशैँ बिदा भोलिदेखि शुरू हुँदैछ । अब शेयर बजार असोज १९ गते आइतवार खुल्नेछ ।

सम्बन्धित खबर