२०८२ असोज १२, आइतवार , ०४:११:४७ बजे

Sajhamanch
'

चाडपर्वको समयमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन सरकारलाई आयोगको निर्देशन

आइतवार, असोज १२, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वको समयमा सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउन र शान्ति–सुरक्षाको अवस्थालाई मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने सम्भावना रहनेतर्फ सरकारको ध्यानाकर्षण गरेको हो ।

आयोगले आफ्ना कार्यालयहरू दशैँ, दीपावली तथा छठ पर्वका बिदाका दिनमा पनि खुला रहने जानएको छ । मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित खबर