२०८२ असोज १२, आइतवार , १२:४०:५२ बजे

Sajhamanch
'

सुनसान बन्दै धनकुटा बजार

आइतवार, असोज १२, २०८२

धनकुटा । केही दिनअगाडिसम्म भिडभाड र चपहलपहल देखिएको धनकुटा बजार सुनसान बन्दै गएको छ । दसैँ आएसँगै चाडबाड मनाउन बजारबाट गाउँ गएपछि बजार सुनसान बन्दै गएको हो ।

जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी र विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता बस्ने गर्दछन् । रोजगारीका लागि होस् वा विद्यार्थी अध्ययनका लागि जिल्लाकेन्द्रित हुने गर्दछन् । धनकुटा बजार शुक्रबारदेखि नै सुनसान र चकमन्न बनेको छ ।

चाडबाड लागेसँगै सधैँ भिडभाड हुने बजार कर्मचारी, विद्यार्थी दसैँ मनाउन गाउँ फर्केपछि सुनसान बनेको छ । व्यापारिक केन्द्र रहेको धनकुटा बजार गाउँ गाउँदेखि किनमेल गर्न आउने गरेकाले समेत खचाखच हुने गरेको थियो ।

जिल्ला अधिकांश बसोबास भने अध्ययनका लागि विद्यार्थी नै बस्ने गरेका छन् जसले गर्दा पनि बजार चहलपहल हुने गरेको थियो । अहिले बजार क्षेत्रका कर्मचारी र विद्यार्थी मात्रै रहेका छन् । अधिकांश विद्यार्थी जिल्लाबाहिर या अन्यन्त्र पालिकाबाट आएर बस्ने गरेका छन् ।

चाडबाड लागेसँगै सहरबाट गाउँघर फर्किएपछि बजार पसल, चोक चौतारो तथा बसपार्कसमेत सुनसान बन्दै गएको छ । जिल्लामा भोजपुर, सङ्खुवासभा, तेह्रथुम र तराईका केही जिल्ला तथा समग्र कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाका विद्यार्थी अध्ययनका लागि बस्ने गरको छन् ।

सम्बन्धित खबर