
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरेका तर अहिलेसम्म भुक्तानी नगरेका उद्योगीलाई बक्यौता बुझाउन आउँदो कात्तिक १७ सम्मको समय दिएको छ । २०७२ साल माघदेखि २०७५ वैशाखसम्मको बक्यौता विद्युत् महशुल भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
प्राधिकरण सञ्चालक समितिको अस्ति शुक्रवार बसेको बैठकको निर्णय अनुसार आज सूचना निकालेर २८ महिनाको बक्यौता मासिक २८ किस्तामा बुझाउनेलाई त्यसैअनुसार सुविधा दिइने भएकाले प्रक्रियामा आउन पनि भनिएको छ ।
यसअघि प्रशासकीय पुनरावलोकनको लागि तोकिएको म्याद खारेज गरिएको छ । बक्यौता भुक्तानी समयमै नगरे विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।