२०८२ असोज १०, शुक्रवार , ०३:०९:४१ बजे

Sajhamanch
'

भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला प्रारम्भिक टोली घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली महिला टोलीले आउँदो कात्तिक ९ गते सिक्किममा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

न्यौपाने हिजो मात्रै राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनशिपसम्मका लागि न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यसअघि एएफसी एशियन कप छनोटका क्रममा नयाँ प्रशिक्षक नियुक्त भएका प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकविहीन बनेको थियो ।

यस्तो छ नेपाली टोली–

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी
डिफेन्डर : निषा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी, सजनी थोकर, हीराकुमार भुजेल, नेहाकुमारी चौधरी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिम राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया
फरवार्ड : रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी

सम्बन्धित खबर