२०८२ असोज १०, शुक्रवार , १२:५७:३९ बजे

Sajhamanch
'

आज सबैजसो सडकको अवस्था सामान्य, नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी गाडी चल्न थाले

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । कोशी राजमार्गका दुई वटा सडकखण्ड बाहेक देशभरका सबैजसो ठाउँका सडकमा अहिले निर्वाध रुपमा गाडी चलिरहेका छन् । नेपाल प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ को बरुण र मकालु गाउँपालिकाको एकुवामा पहिरोले सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छ ।

यस्तै बिहान एकतर्फी मात्रै सञ्चालनमा रहेको नारायणगढ–मुग्लिन सडकमा अहिले दुईतर्फी गाडी चलिरहेका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । हिजो रातिदेखि सडक खुलाएर दुईतर्फी गाडी चलाउन थालिएकोमा फेरि बिहान ढुङ्गा झरेर एकतर्फी मात्रै गाडी चलेका थिए । अहिले भने दुईतर्फी नै गाडी चलिरहेको छ ।

पहिरो पन्छाएपनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन र लेन अनुशासनको पालना गर्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यो सडकमा दैनिक १० हजारभन्दा बढी गाडी गुड्ने गर्छन् ।

शुक्रवार, असोज १०, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर