२०८२ असोज १०, शुक्रवार , १०:३१:४९ बजे

Sajhamanch
'

नेपाल प्रहरीमा झन्डै १६०० भर्नाको लागि आवेदन खुला

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । नेपाल प्रहरीमा झन्डै १ हजार ६०० भर्नाका लागि आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको हो ।

१ हजार ५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १ हजार ५९४ जनाको दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने उल्लेख छ । प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सार्वजनिक विदा दिन बाहेक असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा आफै उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन् ।

जवान, हजाम र कुचीकारका लागि सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरमा दरखास्त फाराम बुझाउन सकिनेछ । खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा आवेदन बुझाउन सकिनेछ ।

शुक्रवार, असोज १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर