२०८२ असोज ९, बिहिवार , १०:२६:२८ बजे

Sajhamanch
'

साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपाल र भारतबीचको खेल आज

बिहिवार, असोज ९, २०८२

काठमाडौं । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले आज साबिक विजेता भारतसँग खेल्दैछ । कोलम्बो रेसकोर्स मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो ।

प्रतियोगितामा अपराजित रहेको भारत नौ अङ्कसहित आफ्नो समूहको विजेता बनेको छ । नेपाल भने समूह ‘ए’ को उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो । नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० ले पराजित गर्दा दोस्रो खेलमा साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भयो ।

अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । आजै बङ्गलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन् । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० को आयोजनामा चलिरहेको प्रतियोगिता पर्सि शनिवारसम्म चल्नेछ ।

सम्बन्धित खबर