
पर्सा । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे गाडी थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती गाडी भन्सार जाँचपास नभएर थन्किएका हुन् ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँचचौकीमा ७५ वटा चारपाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ थान चार पाङ्गे गाडी भन्सार जाँचपासको प्रक्रियामा रहेका जानकारी दिनुभयो ।
भन्सारको यार्डमा रहेका गाडीहरू क्रमशः भन्सार जाँचपासको प्रक्रियामा अघि बढ्ने उहाँको भनाइ छ । कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा चार पाङ्ग्रे गाडीहरूकोे भन्सार जाँचपास प्रक्रिया अघि बढिसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका गाडीहरू पनि आवश्यक प्रक्रिया अघि बढेको छ ।
वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको दुई महिनामा सात अर्ब १६ लाख रुपैयाँ बराबरको गाडी तथा पार्टपुर्जा आयात भएका छन् ।