२०८२ असोज ८, बुधवार , ०२:२१:२४ बजे

Sajhamanch
'

५ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

बुधवार, असोज ८, २०८२

काठमाडौं । देशका विभिन्न सडक खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा हिजो सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पनि पहिरोका कारण सवारी आवागमन रोकिएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ मा २०८२ असार २४ गतेको बाढीले पुल बगाउँदा नेपाल-चीन नाका पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका-३, एकुवामा पनि पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध बनेको छ।

553557434_1110793617849827_5481915647775809048_n

सम्बन्धित खबर