२०८२ असोज ८, बुधवार , १०:०६:५८ बजे

Sajhamanch
'

एशिया कप टी–२० क्रिकेटको सुपर–४ मा पाकिस्तानले श्रीलङ्कालाई हरायो

बुधवार, असोज ८, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हराएको हो ।

श्रीलङ्काले दिएको १३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । पाकिस्तानका मोहम्मद नवाजले अविजित ३८ र मोहम्मद हुसेनले अविजित ३२ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरंगा डे सिल्भा र महेश थेक्षानाले समान दुई तथा दुष्मन्थ चमेराले एक विकेट लिए ।

त्यसअघि खेल अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले आठ विकेट गुमाएर १३३ रन बनायो । श्रीलङ्काका कामिन्दु मेन्डिसले ५० रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदीले तीन, हरिस रउफ र मोहम्मद हुसेनले समान दुई तथा अबरार अहमदले एक विकेट लिए ।

यो जीतसँगै पाकिस्तान सुपर–४ को तालिकामा दुई खेलमा दुई अङ्कसहित दोश्रो स्थानमा उक्लिएको छ । समान खेलमा जीतविहिन श्रीलङ्का पुछारमा छ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज भारत र बङ्गलादेश खेल्दैछन् ।

सम्बन्धित खबर