२०८२ असोज ७, मङ्गलवार , १२:३४:२४ बजे

Sajhamanch
'

दशैँको मुख्य दिनसम्मै मनसुन कायम रहने

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि विस्तारै नेपालको पश्चिमबाट मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारी अनुसार दशैँको मुख्य दिनमा ठूलो पानी पर्ने सम्भावना नहरेपनि हल्का र मध्यम खालको पानी पर्ने सम्भावना छ । वर्षासँगै केही समय घाम लाग्ने, केही समय बादल लाग्ने सम्भावना पनि छ ।

दशैँको अवधिभर मनसुन कायमै रहने भएकाले यात्रा गर्दा मौसम सम्बन्धि अद्यावधिक जानकारी लिएर आवातजावत गर्न महाशाखाले अनुरोध गरेको छ । पानी परेका कारण ठाउँ–ठाउँमा बाढीपहिरो जान सक्ने र सडक अवरूद्ध हुन सक्ने भएकाले सतर्क भएर सम्भावित जोखिमबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित खबर