२०८२ असोज ७, मङ्गलवार , १०:४१:११ बजे

Sajhamanch
'

बेनीघाट नजिकै खसेको पहिरो पन्छाउन समस्या, दशैँमा घर हिँडेका यात्रु अलपत्र

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै जवाङ खोलामा गएराति खसेको पहिरो अझै पन्छाउन सकिएको छैन । पहिरो पन्छाएर एकतर्फी सडक खुलेलगत्तै फेरि ठूलो पहिरो झरेपछि रातिदेखि नै सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाउने काम भैरहेपनि सुक्खा पहिरो झर्ने क्रम निरन्तर रहेकाले समस्या भएको छ । रातिदेखि सडक अवरुद्ध हुँदा दशैँमा घर गएका र काम विशेषले गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

यसअघि गएको शुक्रवार मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिकै खसेको पहिरो दुई दिनसम्म पन्छाउन नसक्दा यात्रुले सास्ती भोगेका थिए । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलाको पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन भएलगत्तै फेरि मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत बेनीघाट नजिकै सडक अवरुद्ध भएको हो ।

सम्बन्धित खबर