२०८२ असोज ७, मङ्गलवार , १०:१५:१७ बजे

Sajhamanch
'

२ दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्था विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् ।

पछिल्लो २ दिनमा ६५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उहाँको भनाइ छ ।

गएको भदौ २४ गतेको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए । फरार रहेकाहरूको खोजी भइरहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर