२०८२ असोज ६, सोमवार , ०५:४२:०४ बजे

Sajhamanch
'

प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गर्ने ६ जना समातिए

सोमवार, असोज ६, २०८२

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–७ घर भएका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ घर भएका २२ वर्षीय गोकर्ण राई, रामेछापको मन्थली नगरपालिका–९ घर भएका २० वर्षीय कृष्णराज गिरी, उदयपुरको सुन्दरपुरका ३१ वर्षीय सुनिल कुमार बस्नेत, सोलुखुम्बुको सोताङका २२ वर्षीय सराजे नेपाली र सिन्धुलीको भिमानका २१ वर्षीय नरेश तामाङ छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार उनीहरूलाई ललितपुरका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूले उक्त प्रभाग तोडफोड र आगजनी गर्दै लुटपाट गरेको आरोप छ । उनीहरूबाट प्रहरीको एक जोर बुट, तिलहरी १ थान, झुम्का १ थान, मंगलसुत्र १ थान बरामद भएको छ ।

सम्बन्धित खबर