२०८२ असोज ६, सोमवार , ०२:३१:०२ बजे

Sajhamanch
'

पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध

सोमवार, असोज ६, २०८२

काठमाडौं । देशका विभिन्न पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने सात ठाउँको सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिकाको वडा ४ बरुण र मकालु गाउँपालिकाको वडा ३ एकुवामा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

यसैगरी, बाग्मती प्रदेशको रसुवा गोसाइकुन्ड गाउँपालिका वडा २ को नेपाल चीन नाका जोड्ने पुल पूर्ण रूपमा बन्द छ । नेपाल चीन नाका जोड्ने यो सडक बाढीका कारण गएको असार २३ गतेदेखि अवरुद्ध छ ।

पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड वडा २ कै बालुवाखानीमा पनि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । साथै अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा २ को कोदारी सडक पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर