
काठमाडौं । कृषि प्रविधि उद्योग सङ्घ नेपाल (आटी नेपाल) ले हालै भएको जेनजी आन्दोलनमा राज्यबाट शहीद घोषणा गरिएका प्रत्येक परिवारलाई एक जनाका दरले रोजगारी प्रदान गर्ने घोषणा गरेको छ।
कृषिसँग सम्बन्धित ७० वटा भन्दा धेरै संस्था आबद्ध रहेको उक्त संस्थाले आफ्ना सदस्यहरुमार्फत् रोजगारी दिने घोषणा गरेको हो ।
शहीद परिवारको सामाजिक तथा आर्थिक सबलीकरण गर्दै राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यले यो विशेष कार्यक्रम ल्याइएको एशोसिएसनका अध्यक्ष खोजराज कटुवालले जानकारी दिनुभयो ।
रोजगारीका लागि इच्छुक शहीद परिवारका सदस्यले शैक्षिक योग्यता, सीप र अनुभवका प्रमाणपत्र उपलब्ध गराइदिन आग्रह समेत सङ्घले आग्रह गरेको छ । सो आधारमा छनोट प्रक्रिया पूरा गरी रोजगारी दिइने सङ्घले जनाएको छ ।
यस पहलले जेनजी शहीद परिवारलाई आत्मनिर्भरताका साथ जीवनयापन सहज बनाउन तथा राष्ट्र निर्माण प्रति सहभागी गराउन सहयोग पुग्ने विश्वास आटी नेपालले लिएको अध्यक्ष कटुवालको भनाइ छ ।
सङ्घका कार्यालय सचिव टपेन्द्र जोशीले सबै सदस्यसँगको छलफलबाट शहीद परिवारका लागि एक एक रोजगारी दिन सक्ने अवस्था रहेको र यसका लागि सबै तयार भएपछि सङ्घले यस्तो घोषणा गरेको जानकारी दिनुभयो ।