२०८२ असोज ५, आइतवार , ११:२६:१३ बजे

Sajhamanch
'

आउँदो बिहीवारदेखि चीनको ग्वाञ्जाओ सिधा उडान हुने

आइतवार, असोज ५, २०८२

काठमाडौं । नेपाल वायु सेवा निगमले आउँदो असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा शुरु गर्ने भएको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार यसका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ ।

निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपछि हरेक आइतवार, मङ्गलवार र शनिवार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ ।

काठमा‌ण्डौबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ ।

सम्बन्धित खबर