
काठमाडौं । बाढी र पहिरोका कारण देशभरिका आधा दर्जनभन्दा बढी राजमार्गहरू अवरुद्ध भएका छन् ।
तुइनखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिङसडकसहित ७ वटा मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार कोशीमा संखुवासभाको भोटखोला ४ वरुण र मकालु ३ एकुवामा अवरुद्ध भएको छ ।
बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड २ नेपाल चीन जोड्ने पुल नहुँदा बन्द छ । उत्तरगया ५ नौविसेमा सडक एकतर्फी सञ्चालनमा छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी २ कोदारीमा पहिरोले बाटो अवरुद्ध रहेको छ ।
उता म्याग्दीको बेनी ४ घुमाउने भीरमा पूर्णरुपमा सडक अवरुद्ध हुँदा नवलपरासी पूर्वको गैँडाको ३ तरङ्खोला विनयी त्रिवेणी २ विश्वकर्मा मन्दिर पैसठ्ठी मोडमा एकतर्फी रुपमा बाटो सञ्चालनमा छ ।
जाजरकोटको नलगाड ११ भिरकुनामा पनि बाटो पूर्ण रुपमा अवरुद्ध छ भने रुकुमपूर्व भुमे ४ काँडाबगर र तानसेनको धोविधारामा सडक एकतर्फी सञ्चालनमा छ ।