
काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ ।
हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन ।
हमासले तस्वीर सार्वजनिक गरेर बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको टाइम्स अफ इजरायलले जनाएको छ । इजरायलले भने यसलाई प्रोपोगान्डाको रूपमा लिएको छ ।
इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्वीर सार्वजनिक गरेको हो । विपिनसहित ४८ जना दुई वर्षदेखि हमासको नियन्त्रणमा छन् ।