
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोकिएको छ ।
रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ दुर्घटनामा परि २० जना घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहकले सडक छेउमा रोकी राखेको ना. ६ ख. ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।