
बिर्तामोड । झापाको बिर्तामोडबाट सेवा प्रदान गरिरहेको पूर्वेली ढुवानी सेवा प्रालिले आज असोज १ गते विश्वकर्मा बाबाको विशेष पूजा गरेको छ।
बिर्तामोड–५ सुगम पेट्रोल पम्प पछाडि मुख्य कार्यालय रहेको पूर्वेलीले आफ्ना ४२ वटा फुलबडी ट्रकहरु एकै स्थानमा भेला गरेर तथा अन्य साना सवारी साधनहरुको पूजा गरेको हो। सो ढुवानी सेवाले आफ्नो कार्यालय परिसरमा ट्रकसहित अन्य सवारी साधनको पूजा गरेको हो।
पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्रीले प्रत्येक ट्रकलाई रिवन, फूलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर दक्षिणासमेत प्रदान गरेर विश्वकर्माको पूजा गरेका हुन् । सो ढुवानी सेवामा करिब ९० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएको खत्रीको भनाई छ ।
सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर सेवा प्रदान गर्दै आएको जनाइएको छ।