२०८२ असोज १, बुधवार , ०४:१०:५९ बजे

Sajhamanch
'

बिल विनाका गरगहना नकिन्न प्रहरीको आग्रह

बुधवार, असोज १, २०८२

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाण्डौले बिल विनाका गरगहना नकिन्न आग्रह गरेको छ ।

गएको भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा काठमाण्डौका विभिन्न ठाउँमा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानसहित व्यक्तिगत घरमा समेत तोडफोड र आगजनी भएको थियो ।

त्यस क्रममा आगजनी र तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान लुटपाट गरेका विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । उनीहरूले लुटेका गरगहना, सरसमान सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल विनाका सामान नकिन्न प्रहरीले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

यस्तै यस्ता सामानहरू प्राप्त भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह छ ।

सम्बन्धित खबर