२०८२ असोज १, बुधवार , १०:५४:०८ बजे

Sajhamanch
'

एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र यूएई खेल्दै

बुधवार, असोज १, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र घरेलु टोली यूएई खेल्दै छन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । समूह ‘ए’ अन्तर्गत पाकिस्तान र यूएईको समान दुई खेलमा दुई अङ्क छ ।

नेटरनरेटका आधारमा पाकिस्तान दोश्रो र यूएई तेश्रो स्थानमा रहेको छ । दुवै टोलीलाई सुपर फोरमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ । अहिलेसम्मका कुनै पनि खेल जित्न नसकेको ओमान तालिकाको पुछारमा छ ।

आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।

सम्बन्धित खबर