२०८२ असोज १, बुधवार , १०:१८:१४ बजे

Sajhamanch
'

आज विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस

बुधवार, असोज १, २०८२

काठमाडौं । आज विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस । हरेक वर्ष सेप्टेम्बर १७ तारिखमा विश्वभर मनाइने बिरामी सुरक्षा दिवस बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।

दिवसको उद्देश्य बिरामी, उनीहरूका परिवार, हेरचाह गर्नेहरू, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्मातालाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरूको प्रतिबद्धता देखाउनु हो ।

यस्तै आज १३औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो ।

सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको हुँदा दिवसको अवसरमा औपचारिक कार्यक्रम राखिएको छैन ।

सम्बन्धित खबर