२०८२ भदौ ३१, मङ्गलवार , १०:२६:०० बजे

Sajhamanch
'

१ खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा ०.४ प्रतिशतले बढेको थियो ।

चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् गएको साउनमा कूल वस्तु आयात ११.४ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायत वस्तुको निर्यात घटेको छ ।

सम्बन्धित खबर