
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । पछिल्लो पटक उत्पन्न विषम परिस्थिति अहिले सामान्य बन्दै गएकाले सबै बीमा कम्पनीलाई कार्यालय सञ्चालनमा ल्याउन प्राधिकरणले सूचनामार्फत् आग्रह गरेको हो ।
सूचनामा सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । प्राधिकरणले भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्नरगराउन अनुरोध गरेको छ ।
यसअघि प्राधिकरणले भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको छ ।