२०८२ भदौ २९, आइतवार , ११:०९:५७ बजे

Sajhamanch
'

आजदेखि चहलपहल थप बढ्यो : सार्वजनिक गाडी चल्न थाले, सरकारी कार्यालय र विद्यालय पनि खुल्ने

आइतवार, भदौ २९, २०८२

काठमाडौं । आजदेखि चहलपहल थप बढेको छ । गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

जेन–जी आन्दोलनका कारण लगाएको निषेधाज्ञा र कर्फ्यू हटेपछि नागरिक काममा निस्कन थालेका छन् । काठमाण्डौ उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ । पसल तथा होटल पनि खुलेका छन् । सरकारी कार्यालय र धेरैजसो विद्यालय पनि आजदेखि खुल्ने भएका छन् ।

काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यालय खुलाएर भोलिदेखि पठनपाठन शुरु गर्ने निर्णय गरेको छ । अरू ठाउँका सरकारी तथा निजी विद्यालयमा पनि पठनपाठन क्रमशः सञ्चालन गर्ने तयारी छ ।

भौतिक संरचनामा क्षति पुगेका विद्यालय तथा अन्य सङ्घसंस्थाले संरचनाको भग्नावशेष हटाउन, सरसफाइ गर्न केही समय लाग्ने हुँदा तत्काल कार्य सञ्चालन गर्न समस्या हुने जनाएका छन् ।

सम्बन्धित खबर