
काठमाडौं । जेनजी आन्दोलनको नाममा लुटपाट गरेको भन्दै रुपन्देहीको बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयले एक जना शिक्षकलाई निकालेको छ ।
गएको मङ्गलवार जेनजी समूहले गरेको प्रदर्शनका क्रममा भाटभटेनीमा आईसक्रिम बोकेर हिड्दै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालयले शिक्षक शिवशङ्कर शुक्लालाई कारबाही स्वरुप निकालेको हो ।
बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा शुक्ला संलग्न देखिएको भन्दै विद्यालयको आचरण संहिता तथा नियम विपरित कार्य गरेको भन्दै हटाएको विद्यालयले जनाएको छ ।